नारायणगढ–मुग्लिन सडकका सबै पुल नयाँ बने

 फागुन ६, २०८१ मंगलबार १५:३:४७ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – नारायणगढ–मुग्लिन सडकमा १९ वटा नयाँ पुल सञ्चालनमा आएका छन् । याे सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

सडक विस्तारसँगै चार वटा पुल नयाँ बनाइएका थिए । पछि १५ वटा नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार खहरे खोलाको पुल सञ्चालनमा आएसँगै सबै पुल निर्माणको काम सकिएको हो ।

याे पुल निर्माणस्थलमा घरटहरा रहेकाले मुआब्जा दिन ढिलाइ हुँदा पुल बन्न समय लागेको थियो । यसअघि तुइन खोलाको पुल सञ्चालनमा आएको थियो । दुई वर्ष हिउँदमा सडक रोकी भित्तो काटेर पहाड भत्काएर याे पुल निर्माण गरिएको हो ।

याे सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो । विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक ९ देखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल त्यहीअनुसार फराकिलो बनाइएको छ ।

पुलकाे निर्माण अनक कन्स्ट्रक्शनले गरेको हो । १ अर्ब २६ करोड ५० लाख ५ हजार ५९६ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको दरैले जानकारी दिनुभयो । ३ वर्षका लागि २ वटा प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्शनले पाएको थियो । झन्डै २ वर्ष थप समय लगाएर पुल निर्माण सम्पन्न भएको हो ।

कोभिड–१९ महामारी, मुआब्जा वितरण, भित्तो काट्न समस्या, बिजुलीका तार तथा खम्बा व्यवस्थापन, मठ–मन्दिर, शौचालय, प्रतीक्षालय स्थानान्तरणलगायतका कारण सम्झौता गरिएको समयमा काम सम्पन्न हुन नसकेको दरैको भनाइ छ । यो सडक हुँदै दैनिक १० हजार वटाभन्दा धेरै गाडी आजजाउ गर्ने गर्दछन् । यसमध्ये धेरै राजधानी जाने र बाहिरिने हुने गर्दछन् । पुल विस्तारसँगै सडकमा जामको समस्या कम हुने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया