लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
दक्षिण अमेरिकी देश बोलिभियाको पहाडी सडकमा गाडी दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । दक्षिण–पश्चिमी जिल्ला योकाल्लामा गाडी सडकबाट तल खसेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एक स्थानीय अस्पतालका एक अधिकारीले दुर्घटना चार बालबालिकासहित १४ जना घाइते भएको बताएका छन् । स्थानीय समाचार संस्था युनिटेलले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाएको छ ।
तीव्र गतिका कारण चालकले बसलाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने अधिकारीहरूको अनुमान छ । बोलिभियामा विशेषगरी पहाडी क्षेत्रहरूमा निकै खराब सडकहरू रहेका छन् ।
दुर्घटना पोटोसी र ओरुरो शहरको बीचमा भएको प्रहरीले जनाएको छ । यसलाई बोलिभियामा यो वर्ष अहिलेसम्मको सबैभन्दा गम्भीर दुर्घटना मानिएको बीबीसीको खबरमा उल्लेख छ ।
गएको महिना पनि पोटोसी नजिकै बस सडकबाट खस्दा १९ जनाको ज्यान गएको थियो । सरकारी तथ्याङ्क अनुसार झन्डै १२ करोड जनसङ्ख्या भएको देशमा गाडी दुर्घटनाका कारण हरेक वर्ष औसतमा एक हजार चार सय जनाको ज्यान जाने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।