आईपीएल २०२५ को खेल तालिका सार्वजनिक : पहिलो खेलमा कोलकाता र बेंगलुरु खेल्ने

 फागुन ५, २०८१ सोमबार ९:५१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो महिना शुरू हुने १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

मार्च २२ देखि शुरू हुने आईपीएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले हिजो खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । पहिलो खेल कोलकातामै हुनेछ ।

त्यसैगरी दोस्रो खेल मार्च २३ को दिउँसो सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको बीचमा हुनेछ भने त्यही दिन बेलुका मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।

त्यस्तै मार्च २४ मा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स तथा मार्च २५ मा पञ्जाब किङ्स र गुजरात टाइटन्सले आ–आफ्नो पहिलो खेल खेल्ने छन् ।

फाइनल खेल मे २५ मा कोलकाताको इडेन गार्डेन्समा हुनेछ । गएको संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाताले तेस्रोपटक उपाधि जितेको थियो ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया