च्याम्पियन्स ट्रफी : पाकिस्तानसँगको खेलको पूर्वसन्ध्यामा न्युजिल्यान्डलाई झड्का

 फागुन ६, २०८१ मंगलबार १५:२१:१६ | एजेन्सी
unn.prixa.net

तस्वीर : आईसीसी

आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँगको खेलको पूर्वसन्ध्यामा न्युजिल्यान्डलाई झड्का लागेको छ । न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसन खुट्टामा चोटका कारण प्रतियोगिताबाट बाहिरिएका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ ।

फर्गुसनको ठाउँमा काइल जेमिसनलाई टोलीमा बोलाइएको छ । फर्गुसनको ठाउँमा आएका जेमिसनले न्युजिल्यान्डका लागि ४५ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २०२३ को सेप्टेम्बरमा मिरपुरमा बङ्गलादेशसँग खेलेदेखि उनले एकदिवसीय क्रिकेट खेलेका छैनन् ।

फर्गुसनको अनुपस्थितिमा न्युजिल्यान्डलाई च्याम्पियन्स ट्रफी जित्ने आशामा थप धक्का लागेको छ । यही हप्ताको शुरूमा तीव्र गतिका बलर बेन सियर्स चोटका कारण बाहिरिएपछि उनको ठाउँमा जेकब डफी टोलीमा आएका छन् ।

भोलिदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदैछ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ । १९ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका उत्कृष्ट ८ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया