नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
बझाङ – स–साना नानीहरुदेखि बयोबृद्धहरुलाई पनि नचाउने सुदूरपश्चिमको प्रसिद्ध भुवा पर्वको रौनकले बझाङलाई पनि छपक्कै छोपेको छ ।
बाजागाजासहित नाचिने भुवा नाच नाच्ने र हेर्नेहरुको घुइँचोले गाउँको रौनकनै बेग्लै भएको छ । कौरव र पाण्डवको युद्धको सम्झनामा नाचिने यो पर्व प्रत्येक वर्षको पुस औंसीका दिन मसाल (राँको) सल्काएर सुरु हुने गर्दछ । बझाङ जिल्लाका स्थानीय तहका ६० भन्दा बढी गाउँमा यो पर्व मनाउने गरिएको बताइन्छ ।
ढाल तरवारसहित युद्धकला प्रर्दशन गर्दै नाचिने यो पर्व मनाउनका लागि जिल्ला बाहिर तथा विदेशमा गएकाहरु पनि घर फर्किने गर्दछन । औंसीको दिन गाउँका प्रत्येक घरबाट बाल्नका लागि मुढा माग्ने र राति भुवाखाडा (भुवा नाच्ने चौर) मा ठूलो आगो बालेर प्रत्येक व्यक्तीले हातमा राँको सल्काइ भुवा नाचको सुरुवात गर्ने गरिन्छ । रा“को नहालिकन यसको सुरुवात भएको मानिँदैन ।
बाजाको तालमा खुकुरी, तरबार र ढालसहित पुरुषहरुले प्रर्दशन गरेको युद्धकला हेर्नका लागि भुवा पर्व नमनाएका गाउँका मानिसहरु पनि छिमेकी गाउँमा रमिता हेर्न आउने भएको कारण भिडभाड भएको जयपृथ्वी नगरपालिकाका १ कैलासका सत्य सिंहले बताउनुभयो । गाउँमा जुठो परेको अवस्थामा भुवाको राँको नहाल्ने तथा भुवा पर्व नमान्ने परम्परा रहेको छ ।
युद्धको समयमा कौरव र पाण्डबीच भएको भिडन्तको कथालाई एक समूहले नाच्दै लयात्मक शैलीमा भट्याउने र अर्काे समूहले हात र खुट्टाको चालमा नाच्ने र ‘भस्सोे’ भन्ने गर्दछन । कुरुक्षेत्रको युद्धभन्दा पहिले पाण्डवहरु वनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहा“ विकास निमार्णका काम गर्नका लागि स्थानीयको सहभागिता जुटाएको किम्बदन्ती छ ।
पाण्डवहरुले नै विभिन्न गाउँमा भुवा पर्वको आयोजना गरी युद्ध अभ्यास गराएको कथाहरु पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ । भुवाको विषेश आकर्षणको रुपमा चाली नाच, ठाडो भस्सो, भारी खेल जस्ता नाच र गायनहरु पर्दछन ।
भुवा पर्व सुरु भएको दुई दिनलाई ‘दुयो’ भन्ने गरिन्छ । यो दिन घरमा बटुक चुकानीलगायत परम्परागत परिकारहरु पकाउने र इष्टमित्र तथा आफन्तहरुलाई टिको पिठाया (टिकाटालो) लगाई शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
पुस शुक्ल पूर्णिमा अगाबै भुवा पर्वको विधिवत समापन गर्ने प्रचलन रहेको छ । भुवा पर्वको अवसरमा प्रत्येक घरमा चिउरा कुट्ने र भुवा नाच्ने चौरमा बोकाबली दिने परम्परा छ ।
यो पर्व लोप हुने खतरामा रहेको यहाँका बुढापाकाहरुको भनाई छ । ‘१०–१५ वर्ष पहिला गाउँमा भुवा हाल्दा प्रत्येक घरबाट छोरा मान्छे खेल्न सक्ने जति सबै जान्थे’, स्थानीय अगुवा विष्णु शास्त्रीले भन्नुभयो, ‘अहिले गाउँमा भुवा पर्दा नि कोही आउँछन्, कोही आउँदैनन् । भुवा खेल्ने चाँसो नै राख्दैनन् ।’
‘भुवामा हाल्ने ‘माणा’ गाउन कसैलाई आउँदैन । सिक्ने चाँसो पनि दिँदैनन् । कतिपय गाउँमा त बुढा पाका नभएका कारण यो पर्व मनाउँनै छोडिसके’, शास्त्रीले भन्नुभयो, ‘अब यसको जगेर्ना गर्नका लागि स्थानीय निकायहरुले चाँसो दिनुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।