चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
अहिले धेरै महिलाहरुको पाठेघरमा धेरै समस्या देखिएका छन् । त्यसमा पनि पाठेघर खस्ने समस्या धेरैमा देखिएको तथ्याङक आइरहेको छ । के कारणले गर्दा पाठेघर खस्ने समस्या देखापर्छ ? कस्ताखालका लक्षण देखा पर्छन् ? अनि उपचार कसरी गर्न सकिन्छ ? भनेर साथी विना न्यौपानेले पाटन अस्पतालमा कार्यरत वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा. डा. पवन कुमार शर्मासँग कुराकानी गर्नुभएको छ ।
चारखुट्टे जनावरको शरीरको बोझ तल्लो भागमा नपर्ने तर हामी दुई खुट्टाले उभिएर हिँड्नुपर्ने प्राणीको बोझ तल्लो भागमा पर्ने हुन्छ । त्यसमा पनि पु्रुषको तल्लो भाग भरिएको हुन्छ भने महिलाहरुमा बच्चा जन्माउन पर्ने भएकाले तल्लो पेटमा पाठेघर बसेको हुन्छ ।
बच्चा पाउने क्रममा कतिपय तन्तुहरुका साथै नसाहरुको पनि क्षय हुने हुन्छ जसले गर्दा पाठेघरलाई समाएर बस्ने तन्तुहरु ढिला, सुस्त हुन्छन् ।
ढिला भएकै कारणले पाठेघर र पाठेघरको वरिपरीको भागहरु तल खस्न थाल्छन् । यथास्थानमा राखिराख्न विभिन्न प्रकारका लिगामेन्ट (बाक्ला तन्तु) हरूले टेवा दिइरहेका हुन्छन् ।
योनीको माथिल्लो भागका लिगामेन्टहरू कमजोर भएर धेरै महिलाको पाठेघर तल सर्छ/झर्छ, जसलाई ‘आङ खसेको’ वा पाठेघर झरेको भनिन्छ ।
यसमा दुई–तीनवटा कारणले भुमिका खेलेको हुन्छ । बच्चा पाएका महिलाहरु, महिनावारी सुक्नेबेला भएका महिला वा सुकेका महिलाहरुमा यो समस्या बढी मात्रामा देखापर्छ ।
जब महिनावारी सुक्न थाल्छ, त्यस बेलामा तन्तुहरुको आफ्नो समात्ने गुण बिस्तारै कमजोर हुदै जान्छ, त्यसले अझै तल आउन सहयोग गर्छ । त्यसमा पनि घरिघरि बच्चा पाएको, लामो समयसम्म खोकी लागेको, पेटमा पानी जमेको, ट्युमर पलाएको अथवा लामो समय कब्जियत भएको छ भने त्यसले पेटभित्रको चापलाई बढाउँछ ।
त्यो निस्कने मार्ग भनेको बच्चा निस्कने ठाउँ नै हो । पाठेघरलाई घचेट्दै पेटभित्रको चाप बाहिर आउने कोसिस गर्छ । यसरी पाठेघर तल झर्नुको कारणहरु निम्न हुन्छन् ।
– घरि घरि बच्चा पाएको
– जन्मान्तर कम भएको
– धेरै बच्चा पाएको
– महिनावारी सुक्ने बेला हर्मोन कम हुँदै गएर
– सुत्केरी समयमा भारी काम गरेर
– कतिपयमा पाठेघर समात्ने तन्तुको जन्मजात रुपमा कमजोर भएर ।
वंशाणुमा हुन सक्छ तर त्यो नै प्रमुख कारण भने होइन । कतिपय अवस्थामा वंशाणुगत रुपमा पनि हुन सक्छ तर यो निकै कममा मात्र हुन्छ ।
नझर्ने-नखस्ने त भन्न मिल्दैन । कतिपयको शरीरको तन्तु नै कमजोर खालको हुनसक्छ । आफूलाई थाहा पाउनको लागि लक्षण पनि त देखा पर्छ होला नि ?
यो महिलाहरु आफैलाई अन्दाज हुने कुरा हो ।
– योनिमा केही चिज बाहिर आउन लागेको जस्तो हुनु ।
– टक्रुक्क बस्दा बाहिर केही आए जस्तो लाग्ने ।
– योनीबाट हल्का रगत मिसिएको सेतो पानी बग्नु ।
– पिसाब फेर्न गाह्रो हुनु, छिटो–छिटो पिसाब लाग्नु तर पूरै ननिख्रनु ।
– दिसा बस्दा पहिला अरु नै केही आउन लागेको जस्तो हुनु ।
– भारी बोक्दा पनि केही खस्नलागेको जस्तो हुनु ।
– पछाडिको भाग दुख्नु ।
यो एउटा लामै प्रकृया हो । कुनै पनि सामान झुण्डिएको छ भने सिधै तल खस्दैन । पाठेघरलाई अड्याउने तन्तु लिगामेन्ट हुन्छ । बिस्तारै बिस्तारै मात्र तल तल खस्दै जान्छ ।
पाठेघर वरिपरिको तन्तुहरु ल्याक्स अथवा लुज भएको छ भने कसरत (Pelvic Floor Exercise) बाट पनि ठिक हुन सक्छ । जस्ले तल खसेको भागलाई माथि लैजान सहयोग गर्छ । यो सुरुको अवस्थामा मात्र हो । निकै तल आएपछि चाहिँ दुईवटा मात्र उपाय हुन्छ ।
यो भनेको चक्का राख्ने हो । चक्का राख्ने भनेको बिरामीलाई तत्काल अप्रेसन गर्न नसकिने अवस्थाको लागि मात्र हो । यो राखेपछि नियमित जाँच गरी निश्चित समयपछि यसलाई बदल्नु पनि पर्छ । यस्ता चक्काहरु रबर वा सिलिकनले बनाइएका हुन्छन् ।
यो चुरा आकारको रिङ्गलाई झरेको पाठेघरलाई अड्काउनको लागि योनीको भित्री भागमा राखिन्छ । यो राखे पछि धेरै हदसम्म सजिलो महसुर हुन्छ तर आफूले जाँच गरिरहनु पर्छ ।
यदि नियमित जाँच नगरेमा संक्रमण भई घाउहरु हुने र अन्त्यमा यसले भयावह अवस्था निम्त्याउन पनि सक्छ ।
पाठेघर आफैमा समस्या होइन, त्यसलाई समात्ने तन्तुहरुको कमजोरीले पाठेघर खस्ने हो । पाठेघर फाल्दैमा पनि यो समस्या समाधान नहुन सक्छ । त्यसैले पाठेघर फाल्ने क्रममा खकुलो भएको तन्तुलाई पनि कस्ने काम गर्नुपर्छ ।
ठूलो ठूलो अप्रेसन हुने प्राय सबै अस्पतालमा यस्तो अप्रेसन हुन्छ ।
– यदि उपचार गर्न ढिला भएमा पाठेघर तल तल झर्दै पछि गएर पिसाब नै बन्द हुने खतरा हुन सक्छ ।
– झरेको पाठेघरको मुखमा घाउ हुन सक्छ ।
– तन्तुहरु धेरै नै कमजोर भएका कारण अप्रेसन गर्दा पनि समस्या फेरि बल्झिन सक्छ ।
यकिन तथ्याङक त छैन, तर हामीले हेरेको बिरामीको आधारमा धेरैजसो ग्रामीण भेगका महिलामा यस्तो समस्या धेरै छ भन्न सकिन्छ । सामान्य रुपमा हेर्दा धेरै बच्चा पाएका, लामो समयसम्म सुत्केरी व्यथा लागेका, जन्मान्तर कम राखेका, महिनावारी सुकेका महिलाहरुमा बढी देखिएको छ ।
सक्छ, त्यतिबेला पूरै पाठेघर बहिर आएको हुँदैन । अर्काे बच्चा पाउनको लागि चक्का राखिन्छ । बच्चा जन्माए पछि त्यसलाई निकाल्ने गरिन्छ ।
यस्तो खालको समस्या नआओस भन्नको लागि के के कुरामा ध्यान दिनुपर्छ ?
– सबैभन्दा पहिला त जन्मान्तरमा ध्यान दिनुपर्छ ।
– सुत्केरी भएको बेलामा नियमित जाँच गर्ने र आराम गर्ने गर्नुपर्छ ।
– बच्चाको योजना गर्नुअगाडि स्वास्थ्य परीक्षण गर्नु राम्रो हुन्छ ।
– धेरै बच्चा नपाउने ।
– स्वस्थ जिवन जिउने ।
– नियमित व्यायाम गर्ने ।
– स्वास्थ्य संस्थामा लगेर सुत्केरी गराउने ।
– सुत्केरी हुँदा र भइसकेपछि पनि पोषिलो खानेकुरा खाने ।
– सुत्केरी भइसकेपछि कम्तिमा ६ हप्ता आराम गर्ने ।
– सुत्केरी अवस्थामा पेटमा असर पर्ने खालको गह्रौं काम नगर्ने ।
अहिले पनि नेपालको ग्रामीण महिलाहरू घाँस–दाउरा, पानी–पँधेरामा धेरै उकालीओराली गर्नुपर्ने बाध्यतामा छन् । गाउँघरमा धेरैजसो महिला धुम्रपान तथा मध्यपान गर्छन् । उनीहरूलाई धुवाँरहित चुल्हो उपलब्ध छैन । उनीहरूको पोषणस्थिति पनि उस्तै दयनीय छ ।
सुत्केरी अवस्थामा पनि कामकाजमा धेरै खट्नुपर्ने र जन्म अन्तराल पनि निकै कम हुन्छ । यीमध्ये अधिकांश महिला आङ खस्ने समस्याको शिकार हुने गरेका छन् । त्यसैले यसको न्यूनीकरणका लागि सम्बन्धित पक्षको बेलैमा ध्यान जानुपर्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।