रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
उदयपुर – आर्थिक अभावले स्वास्थ्य उपचार गर्न नसक्दा उदयपुरमा एक बिरामीले आत्मदाह गरेका छन् । उदयपुरगढी गाउँपालिका – ४ सातबोटे बस्ने ४८ वर्षका शेरबहादुर कार्कीले परालको गोठमा लागो लगाएर आत्मदाह गरेका हुन् ।
पायल्स, जण्डिस तथा मृगौला रोगी कार्की उपचारको क्रममा धेरै खर्च लाग्ने भएको र आफूले उपचार गर्न नसक्ने भएपछि अस्पतालबाट फर्केर रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेका थिए ।
उनलाई राति बासबसेको घर नजिकै परालको गोठमा आगोमा परी घाइते अवस्थामा गाउँलेले फेला पारेका थिए । आगोमा जलेको अवस्थामा गाउँलेहरुले उद्दार गरेर उपचारको लागि जिल्ला अस्पताल पुर्याएका थिए । उनको बुधबार राति २ बजे उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगोमा जलेका मृतक कार्कीको साथमा विषादीसमेत फेला परेकाले घटनाको विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताउनुभयो । श्रीमतीसँगै रहेका कार्कीले श्रीमतीलाई झुक्याएर गोठमा आगो लगाई आत्मदाह गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।