'हाउ मच' अभियान : ५३ ट्याक्सी चालक कारवाहीमा

 माघ १६, २०७५ बुधबार ७:३७:४३ | रासस
unn.prixa.net

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रु ठगी गर्ने ट्याक्सी चालकमाथिको कारवाहीलाई तीव्रता दिएको छ । 

महाशाखाले आजै मात्र यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ५३ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाले सोमबार पनि उपत्यकाका विभिन्न स्थानबाट कानुन विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारवाही गरेको थियो । 

ट्राफिक प्रहरीले यात्रुसँग भाडा बार्गेनिङ गर्ने ट्याक्सी चालकलाई ‘हाउमच’ अभियान सञ्चालन गरेरै कारवाही गर्ने गरेको छ । ‘हाउमच’ अभियानमा कारवाहीमा पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले रु तीन हजार जरीवाना गर्ने गरेको छ । त्यस्तै पाँच पटकभन्दा बढी ‘हाउमच’ कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने गर्ने महाशाखाले जनाएको छ । 

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना गर्ने छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकलाई कारवाही गर्दै आएको छ । 

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया