एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - १६ वर्षकी किशाेरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाकाे कैलाश गाउँपालिका ३ बस्ने २३ वर्षीय प्रविण भन्ने विष्णु प्रसाद भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२०७५ साल कात्तिक महिनाको दोस्रो हप्ता पीडित किशाेरीलाई कैलाश गाउँपालिका वडा नम्बर १० मा रहेकाे जंगलमा लगेर जबरजस्ती करणी गरी फरार रहँदै आएका विष्णुलाई मंगलबार प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । करणीबाट किशाेरी गर्भवती भएपछि प्रहरीमा उजुरी परेकाे थियाे ।
पक्राउ परेका विष्णुलाई जिल्ला अदालतबाट मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।