एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
रुकुम पश्चिम - रुकुम पश्चिममा पहिलो पटक ठूलो परिमाणमा चरेस बरामद भएकाे छ । प्रहरीले १७ किलो ५ सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेकाे छ ।
चरेससहित बाँफिकोट गाउँपालिका ८ दुली घर भएका ४८ वर्षीय जयराम खत्रीलाई बुधबार राति पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयाे ।
भे ३ प २८८० नम्बरको माेटरसाइकलमा लिएर आउँदै गरेकाे उक्त परिमाणकाे चरेस सहित खत्रीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
मोटरसाइकल चालक भागेको र चरेश बोकेर मोटरसाइकलको पछाडि बसेका खत्रीलाई भने पक्राउ गर्न सफल भएकाे प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।