काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
झापा – त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३ शून्यले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ४३ औं मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै १ शून्यको अग्रता बनाएका थिए ।
त्यस्तै खेलको ८२ औँ मिनेटमा सन्तोष तामाङ र ८३ औँ मिनेटमा नवयुग श्रेष्ठले एक गोल थप्दै ३/० को फराकिलो जित निकाले । आजको खेलको म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित हुँदै नगद १५ हजार प्राप्त गरेका छन् ।
बुधबार हुने खेलमा थ्रीस्टार र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुनेछ । २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।