गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
झापा - नेपाल पुलिस क्लबलाई पराजित गर्दै थ्रीस्टार झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
निर्धारित ९० मिनेटमा खेल बराबरीमा राेकिएपछि खेल टाइब्रेकरमा गएकाे थियाे ।
आज भएको खेलमा नेपाल पुलिसलाई टाइब्रेकरमा ३-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारका विजय धिमाल, बुद्ध लिम्बू र रुपेश केसीले गोल गरे भने पुलिसका कसैले पनि गोल गर्न सकेनन् ।
थ्रीस्टारका गाेलरक्षक एलन न्याैपानेले पुलिसका सुरुवाति दुइटा प्रहार राेकेका थिए । आजको खेलको म्यान अफ् द म्याच थ्रीस्टारका एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
अब भोलिको खेलमा रुपन्देही ११ र दाउफिन्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद प्राप्त गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।