एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
धनुषा – २५ किलो चाँदी र सय ग्राम सुनसहित दुईजना भारतीय नागरिक जनकपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो र ३० वर्षीय रुपेश महतो रहेका छन् ।
आइतबार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बीआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा लोहना जाने सडकमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार बिहान पत्रकार सम्मेलनको गरी सार्वजनिक गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जाँच गर्ने क्रममा सुनको बाला १ थान, गोलो टुक्रा १ थान र ९ प्याकेट चाँदीको दाना बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो ।
उहाँका अनुसार बरामद भएको सुनको मूल्य ५ लाख २४ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य १६ लाख १८ हजार २ सय ५० रुपैयाँ रहेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको र मोटरसाइकलसहित सुन र चाँदी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउने तयारी भैरहेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।