पहिलो टी–२० क्रिकेट : न्युजिल्याण्डले श्रीलङ्कालाई ८ रनले हरायो
पुस १३, २०८१ शनिबार
पर्वत - पोखरालगायतका छिमेकी जिल्लाहरुमा बर्डफ्लू राेग देखिएपछि पर्वतलगायत बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा कुखुरा आयातमा रोक लगाइएको छ ।
केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहितका ४ जिल्लामा साविक धौलागिरीका ४ जिल्लामा कुखुरा आयतमा रोक लगाइएको हो ।
पोखरा– बागलुङ्ग सडकको धौलागिरी प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पंक्षीजन्य वस्तुहरु आयतमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक रामजीप्रसाद पौडेलले जानकारी दिनुभयो । कास्की, चितवन, मकवानपुरलगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयतमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाइ छ ।
डिमुवाबाट बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुईवटा गाडी सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको छ । कुस्मा र म्याग्दी तथा जोमसोमतर्फ बिक्रीका लागि लगिँदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको हो ।
पौडेलका अनुसार पहिलो दिनमा सम्बन्धित ठाउँमा नै फिर्ता गराइएको र फेरि कुखुरा तथा मासु भित्र्याएको पाइएमा नष्ट गर्ने र कार्बाहीसमेत गर्ने कार्यक्रम रहेको छ।
स्थानीय व्यवसायी र स्वास्थ्यकर्मीकोसमेत उपस्थितिमा भित्रन लागेका कुखुराहरु कुनै पनि प्रमाणित कागजातबिना नै बिक्रीका लागि म्याग्दी र मुस्ताङ्गतर्फ लैजाँदै गरेको पाइएको थियो ।
कास्कीमा बर्डफ्लू देखिएपछि पर्वत सहितका छिमेकी जिल्लाहरु पनि उच्च जोखिममा रहेका छन् । छिमेकी जिल्लाबाट पंक्षीजन्य उत्पादनहरु बिक्रीका लागि ल्याउन केही समयका लागि नदिने र यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।