रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
एएफसी यू–२३ छनोट प्रतियोगिता समूह ए अन्तर्गतको दोस्रो खेलमा नेपाल ५-० ले पराजित भएको छ । आयोजक कतारसँगको पहिलो हाफमा एक गाेलमात्र खाएको नेपालले दोस्रो हाफमा चार गाेल खान पुग्यो ।
खेलको २५ औं मिनेटमा नेपालका डिफेन्डर अनन्त तामाङले हसन अहमद पलङलाई डी–बक्सभित्र फल गरेपछि कतारले पेनाल्टी पाएको थियो । जुन पेनाल्टीलाई अब्दुल्लाह अलाहरकले गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको कतारले ५३औं मिनेटमा अग्रता दोब्बर बनायो ।
बसम अल रवीले करिव ३५ यार्ड टाढाबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो । ६०औं मिनेटमा नेपालले तेस्रो गोल खायो । खलिफा सादले हानेको बल रोक्ने क्रममा डिफेन्डर दिनेश राजवंशीले आफ्नै पोस्टमा गोल गर्न पुगे । ७९औं मिनेटमा बासम अल रवीले ब्यक्तिगत दोस्रो गोल गर्दा कतारले चार गोलको अग्रता लियो । यसपटक उनले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरे ।
इन्ज्युरी समयमा गोलकिपरको गल्तीका कारण नेपालले अर्को गोल खायो । अहमेद अल्बाखितले हानेको लामो प्रहार गोलकिपर अर्पन कार्कीले हातबाट फुस्काउँदा नेपालले ५–० को पराजय ब्यहोर्याे । अर्को चरणको आशा कायम राख्नका लागि पनि नेपालले खेल जित्नै पर्ने दबाब रहेका बेला ब्यहोरेको यो हारका कारण नेपाल बाहिरिएको छ ।
अब नेपालले अन्तिम खेलमा आफगानिस्तानविरुद्ध उत्रिनेछ । अफगानिस्तान पनि लगातार दुई हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । अफगानिस्तान पहिलो खेलमा कतारसँग २–० ले पराजित भएको थियो भने आइतबार भएको खेलमा ओमानसँग २–१ ले पराजित भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kumar Bhandari
March 25, 2019, 9:35 a.m.हा हा हा नेपालको फूटबल वा क्या बात /