इलामको जस्वीरे चिया उद्योगमा आगलागी, झन्डै ७ करोड रुपैयाँको ...
फागुन १४, २०८१ बुधबार
यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका क्रममा भारतमा रहेको नेपाली टिमले आन्ध्र प्रदेशको यू–१९ टिमलाई एक विकेटले पराजित गरेको छ । यसअघिको दुई अभ्यास खेलमध्ये नेपालले एकमा जित र एकमा हार ब्यहोरेको थियो ।
आन्ध्रको टिमले दिएको २२८ रनको लक्ष्य पछ्याउँदा नेपाली कप्तान रोहित पौडेलले ७१ रनको उत्कृष्ट इनिङ खेलेपछि नेपालले जितको आधार तयार पारेको थियो । रोहितले ६५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए ।
दुई ब्याट्सम्यान आउट भएपछि क्रिजमा आएका रोहितले कप्तानी पारी खेलेका थिए । उनले ४० बलमा अर्धशतक पार गरेका थिए । भिम सार्की अर्धशतक बनाउनबाट एक रनले चुके । उनी ४९ रन बनाएपछि क्याचआउट भएका थिए । सन्दिप जोराले १९ रन बनाए ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको आन्ध्र यू–१९ ले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै विकेट २२७ रन बनाएको थियो ।
दोस्रो ओभरमै नेपालका प्रतिस जिसीले ओपनर हर्षबर्द्धनलाई आउट गरेका थिए । २०औंं ओभरमा सागर ढकालले नितिसलाई क्याच आउट गराए । उनले ५१ रन बनाएका थिए ।
रामप्रसाद २६ रन बनाएर पवन सर्राफको बलमा क्याचआउट भएका थिए ।
४०औं ओभरमा नेपालले तेस्रो सफलता हात पार्यो । सवन सर्राफले सुब्रमन्यमलाई ४५ रन बनाएको अवस्थामा क्याचआउट गराए । यस्तै योगानन्दले ५९ रन बनाए । आन्ध्रका पछिल्ला क्रमका ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ कमल सिंंह ऐरीले चार विकेट लिए भने पवन सर्राफले तीन विकेट लिए । प्रतिश जिसी, राशिद खान र सागर ढकालले पनि एक एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।