टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
सिरहा – सिरहामा बुधबार भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अमर्यादित गतिविधि गरेको भन्दै २ जना निरीक्षक निष्कासनमा परेका छन् भने ११ जना विद्यार्थीको परीक्षा रद भएको छ ।
परीक्षामा विद्यार्थीाई चिट चोर्न सहयोग गरेको भन्दै चन्द्र मा.वि. परीक्षा केन्द्र सिरहा, र सारस्वर मा.वि. परीक्षा केन्द्रबाट एक एक जना शिक्षक निष्कासनमा परेका हुन् ।
परीक्षा हलभित्रै मोबाइल लगेर प्रश्नपत्र आउट गर्ने तथा अमर्यादित गतिविधि गरेको आरोपमा लहानको बस्तिपुर मा.वि. परीक्षा केन्द्रका ८ जना, सिरहाको सारस्वर मा.वि. परीक्षा केन्द्रका २ जना र चन्द्र मा.वि. परीक्षा केन्द्रबाट १ विद्यार्थीको परीक्षा रद गरिएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दोलराज पाण्डेले जनाकारी दिनुभयो ।
निष्कासनमा परेका सबै विद्यार्थीको बुधबारको परीक्षा रद गरिएको पनि इकाई प्रमुख पाण्डेयले जनाउनु भयो । निष्कासनमा पर्ने प्राय विद्यार्थी निजी विद्यालयको रहेको जनाइएको छ ।
त्यसैगरी, सिरहाको जनता माध्यमिक विद्यालय, धनगढीमाई नपा ७ अयोध्यानगर कसहामा सेटिङ्गमै चिट चोरी हुने गरेको छ । परीक्षा केन्द्रसँगै गाँसिएका घरहरुमा बसेर विशेषगरी निजी विद्यालयका शिक्षकहरुले सुरक्षाकर्मीकै अघिल्तिरबाट चिट पुर्याउने गरेको पाइएको छ ।
अयोध्यानगर परीक्षा केन्द्रभित्रै छ्यापछ्यापती चिट भेटिए पनि केन्द्राध्यक्ष मूकदर्शक बनेको अनुगमनमा पुगेका एक सञ्चारकर्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘परीक्षार्थीको साथबाट चिट निकालिए पनि किन कारबाही नगरेको भन्दासमेत उहाँहरु हामीले मर्यादित गरेका छौं भन्दै पन्छिनुभयाे ।’
बाहिरबाट चिट आइरहेको विषयमा बुझ्दा परीक्षा केन्द्राध्यक्ष राजलाल रायले आफूहरुले केन्द्रभित्र परीक्षा कडा गरेको बताउनुभयाे । उहाँ ‘हामीले भित्र राम्रोसँग परीक्षा लिइरहका छौं, बाहिरको जिम्मा सुरक्षाकर्मीको हो’ भन्दै पन्छिनुभयाे ।
केन्द्रमा ४ वटा विद्यालयका दुई सय ३ जना विद्यार्थी परीक्षामा सहभागी रहेका छन् । त्यसमध्ये ३ वटा निजी विद्यालयका विद्यार्थी परीक्षामा सहभागी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।