गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेञ्जर्स बैंलोरलाई ४ विकेटले हराएको छ ।
जारी प्रतियोगितामा बैंग्लोरको यो लगातार छैटौं हार हो भने दिल्लीले तेस्रो जित निकालेको छ । घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बैग्लोरले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४९ रन बनायो । ४० रनमा दुई विकेट गुमाएको बैंग्लोरले एक सय तीन रन बनाउँदा चार विकेट खेर फाल्यो ।
उसका लागि कप्तान विराट कोहलीलले ४१ रन बनाए भने मोयन अलीले ३२ तथा अक्षदिप नाथले १९ रन बनाए ।यस्तै एबी डिभिलियर्सले १७ रन बनाउँदा मार्कस स्टोइनिसले १५ रनको योगदान गरे ।
कागिसाे रवाडाले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । यस्तै नेपाली बलर सन्दीप लामिछानेले एक विकेट लिए ।
जवाफमा दिल्लीले सुरुवात राम्रो गर्न नसकेपनि कप्तान श्रेयस ऐयरको उत्कृष्ट ब्याटिङका कारण ७ बल बाँकि हुँदा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका ओपनर शिखर धवन खाता खोल्न नपाउँदै आउट भए भने त्यसपछि पृथ्वी शा २८ रन बनाए भने इन्ग्रामले २२ तथा कप्तान श्रेयस ऐयरले ६७ रन बनाए ।
#SkipperShreyas: I'm really positive if our players believe in themselves, we will come back even stronger. #ThisIsNewDelhi #DelhiCapitals #RCBvDC #IPL #IPL2019
— Delhi Capitals (@DelhiCapitals) April 7, 2019
उनले ५० बलमा आठ चौका र दुई छक्का प्रहार गरे । जितसँगै दिल्लीले ६ खेलमा ६ अंक बनाएको छ । हारपछि बैंग्लोरको शीर्ष चारमा पुग्ने सम्भावना लगभग सकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।