गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
इन्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दीप लामिछानेले किंग्स इलाभेन पञ्जाबविरुद्ध तीन विकेट लिएका छन् ।
पञ्जाबविरुद्धको खेलमा ५ खेलपछि टिममा परेका सन्दीपले आफ्नो पहिलो ओभरमा नै विकेट लिए । टिमको दोस्रो तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै केएल राहुलबाट छक्का खाएका थिए । तर त्यसपछि डट फालेका सन्दीपले तेस्रो बलमा चौका खाए । चौथो बलमा सन्दीपले टिमका लागि पहिलो सफलता दिलाए । उनले राहुललाई १२ रनमा पेभेलियनको बाटो देखाए । त्यसपछि उनले बाँकी दुई बलमा एक रन मात्र दिए ।
पहिलो ओभरमा ११ रन दिएका सन्दीपले दोस्रो ओभरमा १६ रन दिए । उनको ओभरमा क्रिस गेलले चार चौका प्रहार गरे ।
टिमको १३ औं तथा व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले दुई विकेट लिए । पहिलो बलमा नै उनले छक्का खाए । उनलाई क्रिस गेलले छक्का प्रहार गरे । तर दोस्रो बलमा सन्दीपले गेललाई पेभेलियनको बाटो देखाए । छक्का प्रहार गर्न खोजेका गेल ६९ रनमा क्याच आउट भए । लगभग छक्का भएको त्यो बललाई कोलिन इन्ग्राम र अक्षर पटेल मिलेर गेललाई आउट गरेका थिए । त्यसपछि सन्दीपले साम कुरानलाई खाता खोल्न नपाउँदै आउट गरे ।
Crucial wickets at a crucial juncture in the game 🔥
— Delhi Capitals (@DelhiCapitals) 20 April 2019
S U P E R S A N D Y ❤@IamSandeep25#DCvKXIP #ThisIsNewDelhi #DelhiCapitals pic.twitter.com/devW1EsSdW
सन्दीपले आफ्नो अन्तिम ओभरमा ७ रन दिए । सन्दीपको अन्तिम बलमा पञ्जाबका मन्दीप सिंहको क्याच कागिसो रबाडाबाट ड्रप भयो । चार ओभर बलिङ गरेका सन्दीपले महत्वपूर्ण तीन विकेट लिँदै ४० रन खर्चिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।