सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
पुस ८, २०८१ सोमबार
बाजुरा – हुम्लाको ताँजाकोट गाउँपालिकासँग जोडिएको बाजुराको हिमाली गाउँपालिकामा थाहा नभएको रोगका कारण दुई महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढाको बुधबार दिउँसो ज्यान गएको कुरा हिमाली गाउँपालिकाका स्वास्थ्य इञ्चार्ज धर्मबहादुर बुढाले बताउनुभयो । त्यसैगरी त्यसै गाउँपालिका नदापाटाकी ७५ वर्षीया हैकला भण्डारीको सोमबार दिउँसो ज्यान गएको रुगिनका स्थानीय बासिन्दा छप्की बुढथापाले जानकारी दिनुभएको छ ।
केही सातायता हिमाली गाउँपलिकाको छिमेकी जिल्ला हुम्लाको तांजाकोट गाउँपलिका महामारीका कारण १९ जनाको ज्यान गएको थियो । बाजुरा जिल्लाको छिमेकी गाउँपालिकामा महामारी फैलएपछि गाउँमा कतै महामारी नै हो कि भन्ने अनुमान गरिएको कुरा जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बुढाले बताउनुभयो ।
क्युडीमा सामान्य रुघाखोकीको प्रकोप देखिएकाले अहेब धनबहादुर फडेराको नेतृत्वमा आजै क्युडितिर स्वास्थ्यकर्मीको टोली पठाइसकेको बुढाले बताउनुभयो । स्थानीयका अनुसार गाउँमा एक सातादेखि फैलिएको रोगबाट अनि गाउँलेहरु बिरामी परेका छन् ।
बाजुराको सदरमुकाम मार्तडीबाट झण्डै ४० कोष पैदल दूरी पर्ने रुगिन स्वास्थ्य चौकीमा बिरामीको घुइँचो छ । स्थानीय बासिन्दाका अनुसार टाउको दुख्ने, ज्वरो आउने थला पर्ने र नाखमुखवाट रगत बग्नेजस्ता लक्षण देखा परेको छप्की बुढथापाले टेलिफोन जानकारी दिनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।