एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
सुर्खेत - वीरेन्द्रनगर-१ का चन्द्रप्रसाद जैशी आचार्यको हत्याको आंशकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर-६, बुद्धपथमा पसल सञ्चालन गर्दै आएका नन्दकला बिष्ट, उनका श्रीमान कृष्ण बिष्ट र छोरी बिन्दु बिष्टलाई पक्राउ गरेको हो ।
आचार्य गएकाे फागुन १८ गते राति १० बजे वीरेन्द्रनगर ६ बुद्धपथमा मृत अवस्थामा भेटिएका थिए । आचार्यले वीरेन्द्रनगर-६ मा चियानास्ता पसल गर्दै आएका थिए । दिउँसाे ३ बजे वीरेन्द्रनगर-१, बांगेसिमलबाट नागरिकता लिन घर गएका आचार्यलाई राति १० बजे बुद्धपथमा मृत अवस्थामा प्रहरीले भेटाएको थियो । मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेश प्रहरी कार्यालयले घटनाको बारेमा जानकारी गराएको हो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बिष्ट परिवारले हत्या गरेको आंशका गरेको छ । प्रहरीले बुद्धपथमा रहेकाे सीसीटीभी फुटेज र होटल अतिथिको भुइँतलाकाे सीसीटीभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको थियो । आचार्य त्यसै दिन बिष्ट परिवारले सञ्चालन गर्दै आएको पसलमा गएको अनुसन्धानबाट खुलेको छ ।
प्रारम्भिक अनुसन्धानलाई हेर्दा बिष्ट परिवारबाटै हत्या भएको आंशका भएकाले विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
‘आचार्य सोही दिन नन्दकला बिष्टले सञ्चालन गरेको पसल वरपर धेरै पटक आवातजावत गरेको, टहरोको आँखीझ्यालजस्तो भागबाट पटक पटक चियाएर भित्रबाहिर गरेको र ९ बजेर ३७ मिनेटमा अन्तिम पटक पसलमा प्रवेश गरेको सीसीटीभीमा स्पष्ट देखिन्छ’, घटनाका बारेमा जानकारी दिँदै प्रदेश प्रहरी प्रमुख डीआइजी महेशविक्रम शाहले भन्नुभयो, ‘पसल भित्र गएको ९ मिनेटपछि पसलको पश्चिमतर्फ करिब १२ मिटरको दूरीमा जैशी पल्टिएको अवस्थामा देखिएका छन् । हामीले प्रारम्भिक अनुसन्धानबाट बिष्ट परिवारबाटै हत्या भएको आंशका गरेका छौँ । उनीहरुलाई पक्राउ गरेर वृस्तृत अनुसन्धान सुरु गरिसकेका छौँ ।’
आचार्य पहिले पनि पटक पटक उक्त पसलमा जाने गरेको र त्यस दिन पनि पसलमा गएको बुद्धपथ आसपासका नजिकका व्यक्तिहरुले देखेको प्रहरीले बताएको छ । प्रहरीले वैज्ञानिक परीक्षण पोलिग्राफबाट पनि अनुसन्धान गर्दा बिष्ट परिवारले नै घटना घटाएको हुनसक्ने देखिएको उहाँले बताउनुभयो ।
घटना घटेको झण्डै तीन महिना पुग्दा पनि दोषी पत्ता नलगाएको भन्दै असन्तुष्टी जनाउँदै आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।