नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
आजदेखि एक दिवसीय विश्वकप सुरु भएको छ ।
इंग्ल्याण्ड र वेल्सका मैदानमा ६ हप्तासम्म सञ्चालन हुने विश्वकपको उद्घाटन बेलायती राजकुमार ह्यारीले गरेका छन् । उद्घाटन गर्दै उनले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै टिमलाई जितका लागि शुभकामना दिएका छन् ।
‘सबै टिमलाई शुभकामना । जसले यो प्रतियोगिता सञ्चालन गर्नका लागि भूमिका खेलेका छन्, उनीहरुलाई धन्यवाद, ’ राजकुमार ह्यारीले भने । ‘एक दिवसीय विश्वपको उद्घाटन गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको छु ।’
एक दिवसीय क्रिकेटको मेगा इभेन्ट आईसीसी विश्वकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग खेल्दैछ ।
इंग्ल्याण्ड टिमको ओपनिङ जेसन रोय र जोनी बेयर्स्टोले गरेका छन् । टिममा जो रुट, अइन मोर्गन, जस बट्लर, बेन स्टोक्स, मोइन अलि, क्रिस वाेक्स, अादिल रसिद, जोफ्रा आर्चर र लायम प्लंकेट छन् ।
दक्षिण अफ्रिका टिमको ओपनिङ हसिम अमला र क्विन्टन डी ककले गर्नेछन् । यसबाहेक टिममा एइडेन मरक्रम, फाफ डु प्लेसी, रस्सी भान डर डसेन, जेपी डुमिनी, एन्डिल फेलुकवायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, लुंगी एनगिडी र इमरान ताहिर छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।