एनआरटीलाई हराउँदै आयाेजक केपी ओली एफसी सेमिफाइनलमा

 फागुन १२, २०८१ सोमबार १७:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युराेड टिम (एनआरटी) लाई हराउँदै आयोजक टोली केपी ओली एफसी ‘केपी ओली कप’ फुटबलको सेमिफाइनलमा पुगेकाे छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा केपी ओली एफसीले एनआरटीलाई १–० गोलले हरायो । केपी ओली एफसीका सुरज ज्यु ठकुरीले गोल गरे ।

अब केपी ओली एफसीले सेमिफाइनलमा मच्छिन्द्र एफसी र भुटानकाे एफसी ट्रान्सपाेर्ट युनाइटेडसँग खेल्नेछ । यस्तै आज भएकाे पहिलाे नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन टोली, २ विदेशी र १ आयोजक गरी ९ वटा टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ । फाइनल खेल यही १९ गते हुनेछ ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया