गुल्मीको रेसुङ्गा विमानस्थलमा फागुन महिनाभर उडान नहुने
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ । समूह ‘बी’ को हिजो भएको खेलमा अस्ट्रेलिया पाँच विकेटले विजयी भयो ।
पाकिस्तानको लाहोरमा भएको खेलमा तीन सय ५२ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेट्टायो । उसका जोस इंग्लिसले एक सय २० रन जोडे । एलेक्स केरीले ६९ र माथ्यु शर्टले ६३ रन जोडे । इङ्ग्ल्याण्डका आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो । इङ्ग्ल्याण्डका बेन डकेटले सर्वाधिक एक सय ६५ रन जोडे । उनले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाए । जो रुटले ६८ रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका बेन ड्वारशुइसले तीन, मार्नुस लाबुशेन र एडम जाम्पाले समान दुई/दुई विकेट लिए ।
च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, बङ्गलादेश तथा न्यूजिल्याण्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । आज समूह ‘ए’ का भारत र पाकिस्तानबीच दुबईमा खेल हुँदैछ । भारतले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने उद्घाटन खेलमा घरेलु टोली पाकिस्तान न्यूजिल्याण्डसँग पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।