च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तान पहिला ब्याटिङ गर्दै
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल वेस्ट ह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले आर्सनललाई एक गोलले हरायो । उसका जारोड बोवेनले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
अङ्कतालिकामा दोस्रो स्थानमा रहेको आर्सनलले हारसँगै शीर्षस्थानको लिभरपुलसँग अङ्कको अन्तर घटाउने मौका समेत गुमाएको छ । दोस्रो स्थानको आर्सनलको २६ खेलमा ५३ अङ्क छ । शीर्ष स्थानको लिभरपुलको समान २६ खेलमा ६१ अङ्क छ ।
अरू खेलमा ब्रेन्टफोर्डले लेस्टरसिटीलाई र ब्राइटनले साउथह्याम्पटनलाई चार गोलले, उल्भ्सले बर्नमाउथलाई एक गोलले, क्रिस्टल प्यालेसले फुलहमलाई दुई गोलले, एस्टनभिल्लाले चेल्सीलाई २–१ गोलले र टोटनहमले इपस्विच टाउनलाई ४–१ गोलले हराएको छ । एभर्टन र म्यानचेस्टर युनाइटेडले समान दुई गोलको बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।