च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तान पहिला ब्याटिङ गर्दै

 फागुन ११, २०८१ आइतबार १४:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एपी

काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ । दुबईमा टस जितेर पाकिस्तानका कप्तान मोहम्मद रिजवानले पहिलो ब्याटिङ रोजेका छन् ।

पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाव छ । पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने भारतले बङ्गलादेशलाई हराएको थियो ।

याे खेलमा भारतकाे टाेलीमा कप्तान राेहित शर्मासँगै शुभमन गिल, विराट काेहली, श्रेयस अय्यर, अक्षर पटेल, केएल राहुल, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, हर्षित राना, माेहम्मद शमी र कुलदीप यादव छन् ।

यस्तै पाकिस्तानकाे टाेलीमा कप्तान माेहम्मद रिजवानसँगै इमा–उल–कल, बाबर आजम, सउद शकील, सलमान अघा, तय्यब ताहिर, खुश्दिल शाह, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ र अब्रार अहमद छन् ।

आईसीसी च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच अहिलेसम्म ५ पटक भेट भएकोमा पाकिस्तान ३ खेल र भारत २ खेलमा विजयी भएको छ । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच अहिलेसम्म १ सय ३५ पटक भेट भएकोमा पाकिस्तान ७३ खेल र भारत ५७ खेलमा विजयी भएको छ ।

दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया