पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गराए

सरकारले नै भाइ–भाइ जुधाउने काम गरिरहेको छ : राप्रपा अध्यक्ष लिङ्देन

 फागुन ११, २०८१ आइतबार १४:५८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले केबुलकार निर्माणको विषयलाई लिएर भइरहेको अशान्तिको बारेमा सरकारको ध्यानकर्षण गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारिक स्वार्थका लागि भाइ–भाइ जुधाउने काम भइरहेको आरोप लगाउँदै त्यसो नगर्न सरकारलाई आग्रह गर्नुभयो । वार्तामार्फत समस्या समाधान गर्न उहाँको आग्रह छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न माग गरेको छ । आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले पार्टीकै तर्फबाट यस्तो माग राख्नुभएको हो ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि केबुलकार निर्माणको विषयलाई लिएर भएको विवादको समाधान खोज्नुपर्ने बताउनुभएको छ । केबुलकार बनाउनु उचित हो वा होइन भनेर एउटा बहसको विषय हुन सक्ने तर ऐनअनुसार पाथीभरामा केबुलकार बनाउन निजी क्षेत्रलाई अनुमति दिइएको पनि भुल्न नहुने उहाँको भनाइ छ ।

यसैबीच नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको केबलकार विवाद समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्न माग गरेको छ । कोशी प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ति निकालेर यस्तो माग गर्नुभएको हो ।

विज्ञप्तिमा सरकारले वार्ता र संवाद्बाट समाधान खोज्नुको साटो बल प्रयोग गरी आन्दोलनकारीलाई दबाउने प्रयास गरेको उल्लेख छ ।

पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । हिजो बेलुका पनि फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबीच झडप भएको थियो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया