भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

 फागुन ११, २०८१ आइतबार १२:३:१५ | रासस
unn.prixa.net

तस्बिर : रासस

भोजपुर – भोजपुरको सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नबन्दा समस्या भोग्दैआएका स्थानीयवासीन्दालाई पुल बनेपछि अब सहज हुने भएको छ ।

कावाखोलामा पुल बनेपछि जोखिम मोलेर खोला तर्नुपर्ने अवस्थाबाट मुक्त भएको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताउनुभयो । पुल ४६ मिटर लम्बाइ र छ मिटर चौडाइ रहेको छ । भ्याटसहित चार करोड ६२ लाख ७४ हजार नौ सय १० रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।

कावाखोलामा पुल निर्माण भएसँगै दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । साथै गाउँमा उत्पादित कृषि उपजको बजारीकरणमा पनि फाइदा पुग्नेछ । २०७६ फागुन १२ मा शिलान्यास गरेर काम थालिएकोमा अन्तिम चरणमा ढलान गरेपछि २०७८ मङ्सिरमा भाँचिएको थियो । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया