त्रिशूलीमा हराइरहेका रानाको शव ९ दिनपछि भेटियो

 फागुन ११, २०८१ आइतबार ११:३९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ ।

ईच्छाकामना गाउँपालिका–५ मा पुलबाट मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा हराएका रानाको शव सशस्त्र प्रहरीको गोताखोरले आज बिहान फेला पारेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल गएको फागुन २ गते दुर्घटना भएको थियो ।

नदीमा हराएका भारतीय सेनामा कार्यरत चितवनको भरतपुर महानगरपालिका–१ रामपुरका २७ वर्षीय रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया