महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा शोभायात्रा सम्पन्न

 फागुन १२, २०८१ सोमबार १५:३०:१० | रासस
unn.prixa.net

काठमाण्डाै – पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालेको छ । पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट शुरू भएको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभएको हो ।

शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चावहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन भएको छ ।

यसैबीच कोषले आउँदो बुधवार परेको महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति र १० वटा उपसमिति गठन गरेको छ । महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१ गठन गरेर त्यस मातहत रहने गरी १० वटा उपसमितिसमेत गठन गरिएको कोषले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको पनि जानकारी दिएको छ । महाशिवरात्रिमा नेपाल र भारतलगायत देशबाट साधुसन्त आउने क्रम चलिरहेको छ । साधुसन्तका लागि कोषले खाने/बस्ने सुविधाको व्यवस्था गरेको छ ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया