नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – जापानले अखिल नेपाल फुटबल संघ एन्फा हाताभित्र सार्वजनिक शौचालय निर्माण र एन्फा मुख्यालयको भवनको स्तरोन्नति गरिदिएको छ ।
बिहीबार जापानी राजदूत मासाचिचि साइगोले शौचालय र एन्फा भवन अखिल नेपाल फुटबल संघलाई हस्तान्तरण गर्नुभयो ।
सातदोबाटोमा रहेको एन्फा हाताभित्र आयोजना गरिएको कार्यक्रममा जापानी राजदूतले अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पालाई दुवै संरचना हस्तान्तरण गर्नुभएको हो ।
'ग्रान्ट एसिस्टेन्ट फर कल्चरल ग्रासरुट प्रोजेक्ट' अन्तर्गत बनेका दुईवटा संरचना निर्माणका लागि जापानले दुई वर्षअघि ७१ हजार पाँच सय ८१ अमेरिकी डलर सहयोग दिएको थियो ।
स्तरोन्नति भएको संरचनामा खेलाडीको ड्रेसिङ रुम, लकर रुम, टेक्निकल ट्रेनिङ रुम र कार्यालय राख्न सकिने कोठाहरु बनेका छन् ।
यी संरचनाले खेलाडी तथा एन्फा पदाधिकारीले लाभ लिन सक्ने साथै यो सहयोग जापान र नेपाल फुटबलबीच दुई पक्षीय सहयोगमा महत्वपूर्ण कोशेढुंगा सावित हुने राजदूतावासकाे विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।