एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - प्रदेश १ ले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई एक सय ८१ रनको भारी अन्तरले हराएकाे छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले आठ विकेट गुमाउँदै दुई सय २८ रन बनाएकाे थियाे । उसका लागि सिद्धान्त लोहनीले ६३ रन बनाए भने फिरदोश अन्सारीले ४५ तथा कप्तान पुष्प थापाले २९ रनको योगदान गरे । यस्तै सन्नी पुनले ३४ रन बनाए ।
जवाफमा कर्णाली प्रदेश २० ओभर एक बलमा मात्र ४७ रनमा अलआउट भयो । सुरुवातदेखि नै डगमगाएको कर्णालीले चार रनमा पहिलो विकेट गुमाउँदा ३४ रनमा ६ विकेट खेर फालेको थियो । कर्णालीका निश्चल रावलले सर्वाधिक १७ रन बनाउँदा अरु ५ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
तर त्यसपछि पनि कर्णालीको विकेट झर्ने क्रम रोकिएन । लगातार विकेट गुमाएको कर्णाली प्रदेश अन्ततः ४७ रनमा समेटियो । उसलाई कम स्कोरमा रोक्न पुष्प थापाले घातक बलिङ गरे । उनले नौ ओभरमा १९ रन दिएर ६ विकेट हात पारे । यस्तै मुकुन्द यादवले तीन विकेट हात पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।