पानी पार्ने प्रणाली भित्रिदैँ : सुदूरपश्चिम र कर्णालीका थोरै ...
पुस २७, २०८१ शनिबार
इथियाेपियाको राजधानी अदिस अबाबामा सेना प्रमुख सियर मेकोनेनको गोली हानेर हत्या गरिएको छ ।
इथियाेपियाका प्रधानमन्त्री अबे अहमदले टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै अंगरक्षकले नै प्रधान सेनापतिको हत्या गरेको बताएका छन् । यद्दपि अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले विफल बनाएको प्रधानमन्त्रीले जनाएका छन् ।
गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मोकोनन र उनका सल्लाहकारको पनि ज्यान गएको छ । पछिल्ला केही वर्षमा अम्हारा र अन्य राज्यमा जातीय हिंसाले उग्ररुप लिएको छ ।
पछिल्लो वर्षको चुनावपछि अबेले राजनीतिक दमन समाप्त गर्नका लागि राजनीतिक कैदीको रिहा, राजनीतिक दलको प्रतिबन्ध हटाउने र मानवअधिकार हनन गर्नेमाथि मुद्दा चलाउने काम गरेका थिए ।
अमेरिकी विदेश विभागले अदिस अबाबामा आफ्ना कर्मचारीहरुलाई गोलीकाण्डबारे सचेत गराउँदै सूचना जारी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।