राहदानी सूचकाङ्कमा नेपाल अघिल्लो वर्षभन्दा कमजोर : सिङ्गापुर व...
पुस २७, २०८१ शनिबार
म्यानचेस्टर युनाइटेडका लिजेन्ड प्रशिक्षक सर एलेक्स फर्गुसनले २७ वर्षमा सबै ठूला प्रतियोगिताको उपाधि जिते । सबै सफलता हात पार्दा पनि एउटा कुराको पछुतो भएको खुलासा गरेका छन् ।
सन् २००८ को च्याम्पियन्स लिगको फाइनलमा चेल्सीलाई हराउँदै युनाइटेड च्याम्पियन त बन्यो । तर, तत्कालीन युनाइटेड प्रशिक्षक फर्गुसनका लागि यो खेल सम्झिँदा अहिले पनि नरमाइलो लाग्छ ।
उपाधि जित्नुको बाबजुद नरमाइलो लाग्नुको कारण हो पार्क जि–सुङ । बार्सिलोनाविरुद्ध सेमिफाइनलको दुवै लेगमा पहिलो एघारमा परेका पार्कलाई फर्गुसनले फाइनलमा स्थान नै दिएनन् ।
‘मैले पार्क जि–सुङलाई फाइनलको एक मिनेट पनि दिन सकिनँ । उसले यति राम्रो खेल्यो तर फाइनलमा उसले मौका पाएन । कुनै पनि खेलाडीका लागि यो कुरा उचित होइन’, फर्गुसन अहिले पनि यो कुरामा पछुतो मान्छन् ।
खेलमा रायन गिग्स, नानी र एन्डरसन सब्स्टिच्यूटका रुपमा मैदानमा गएका थिए । तर, सात जना वैकल्पिक खेलाडीको सूचीमा समेत पार्कको नाम थिएन ।
----------------------------------
उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।