अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
संखुवासभा - संखुवासभामा केही दिन अघि पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका एक कार्यकर्ता कारागार चलान भएका छन् ।
पाँचखपन नगरपालिका–६ का बाबुराम राई ‘विवश’लाई धरौटी बापतको रकम नबुझाएको भन्दै कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले बताउनुभयो ।
उहाँले विप्लव कार्यकर्ता राईलाई संगठित रुपमा हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ ओसारपसार, सार्वजनिक सम्पत्तिमा विस्फाेटन र संगठित रुपमा आगजनी गरेको आरोप लागेको थियो । सात हजार रुपैयाँ धरौटी बुझाउन नसकेकाले कारागार चलान गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।
राईलाई सार्वजनिक सम्पत्तिमा विस्फाेटनलगायत अन्य दुई वटा मुद्दामा साधारण तारिख तोकिएको छ । विप्लवका कार्यकर्ता राईलाई प्रहरीले गएको असार ५ गते सदरमुकाम खाँदबारीबाट पक्राउ गरेको थियो । राई विप्लव समूहको राष्ट्रिय युवा जनस्वंय सेवक केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य रहेका थिए ।
परिवारको भनाइ अनुसार उनी पछिल्लो समय पार्टीबाट राजिनामा दिएर निष्कृय रुपमा घर परिवारसँग बस्दै आएका थिए । व्यक्तिगत कामका सिलसिलामा सदरमुकाम खाँदबारी आएको बेला प्रहरीले पक्राउ गरेको परिवारकाे आरोप छ ।
राईको घर पाँचखपन नगरपालिका भए पनि उनी अहिले परिवारसँग सुनसरीको इटहरी बस्दै आउनु भएको थियो । राई तत्कालीन सशस्त्र द्वन्द्वमा सहभागी हुँदा टाउकोमा गोली लागेर घाइते भएका थिए । राई जिल्ला प्रशासन कार्यालय संखुवासभाको अभिलेख अनुसार घाइते अपाङ्गको ‘क’ वर्गको सूचीबाट मासिक भत्ता पाउने व्यक्तिसमेत हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।