नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
विश्व राजनीतिमा विभिन्न माध्यमबाट कुटनीतिक सम्बन्ध स्थापित गरिन्छ । विश्वका विभिन्न देशका नेतृत्वबीच कटुता र मित्रतापूर्ण दुवैखाले सम्बन्ध हुन्छ ।
कतिपय नेताहरुले विभिन्न अवसरमा एक–अर्कालाई उपहार दिएर कुटनीतिक सम्बन्ध बलियो बनाउन खोजिरहेका हुन्छन् । कतिले सामाजिक सञ्जालमार्फत जन्मदिन तथा विभिन्न अवसरमा शुभकामना पठाउँछन् ।
हालसालै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी ट्विटरमा सक्रिय भएपछि कतिपयले यसलाई ‘ट्विप्लोमेसी’ को संज्ञा पनि दिए ।
शुक्रबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खिचेको सेल्फी राखेका छन् । जापानको ओसाकामा भैरहेको जी–२० देशहरुको सम्मेलनका क्रममा मोदीसँगको भेटको तस्बिर राख्दै अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले मोदीलाई ‘असल’ बताएका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा तस्बिर राख्दै लेखेका छन्, ‘कितना अच्छा है मोदी !’
— Scott Morrison (@ScottMorrisonMP) June 28, 2019
शुक्रबारबाट सुरु भएको जी–२० शिखर सम्मेलनमा यस पटक पर्यावरणको मुद्दालाई प्राथमिकता दिइएको छ । सन् २०५० सम्म विश्वका सबै महासागरबाट प्लाष्टिकका फोहोर हटाउने कुरामा यस पटक नेताहरु सहमतिमा पुग्ने आशा गरिएको छ ।
शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जापानका प्रधानमन्त्री शिन्जो आबे, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय तथा त्रिपक्षीय भेटवार्ता गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।