पानी पार्ने प्रणाली भित्रिदैँ : सुदूरपश्चिम र कर्णालीका थोरै ...
पुस २७, २०८१ शनिबार
अमेरिकाले चिनियाँ सामान निर्यातमा नयाँ कर नलगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ व्यापार वार्ता अगाडि बढाउन सहमत भएका छन् ।
शनिबार यी दुई नेताबीच जापानको ओसाकामा भेट भएको थियो । जी-२० सम्मेलनको अन्तिम दिन यी दुई नेता आमने सामने भएका हुन् ।
गएको वर्षदेखि सुरु भएको यी दुई बीचको व्यापार युद्धका कारण विश्वभरिको अर्थव्यवस्थाले मुश्किल अवस्थाको सामना गर्नुपरेको थियो । यही कारणले गर्दा पनि यी दुई नेताको भेटलाई महत्वका साथ लिइएको थियो ।
अमेरिका र चीन विश्वकै प्रमुख अर्थव्यवस्था भएका देशहरु हुन् ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको वार्ता ८० मिनेटसम्म चलेको थियो । यी दुई प्रमुखको बैठक सकारात्मक भएको बताइएको छ ।
ट्रम्पले सुरु गरेका थिए व्यापार युद्ध
अमेरिकी राष्ट्रपति ट्रम्पले गएको वर्ष चीनसँग व्यापार युद्धको सुरु गरेका थिए । ट्रम्पले चीनलाई व्यापार घाटा कम गर्न भनेका थिए । ट्रम्पले जोर दिँदै भनेका थिए, अमेरिकी सामानलाई चिनियाँ बजारमा धेरै स्थान दिनुपर्दछ । ट्रम्पको यो बयानसँगै दुवै देशले एक अर्काको आयातित सामानमा अर्बाैँ डलरको अतिरिक्त शुल्क लगाउन सुरु गरेका थिए ।
व्यापार युद्ध समाप्त गर्नका लागि उच्चस्तरीय अधिकारीहरुको नेतृत्वमा दुवै देशको विशेष टिमले वार्ता गरेका छन् । ओसाकाको भेटसँगै व्यापार युद्धबारे प्रगति हुने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।