२ बच्चा र २ अर्ब ७१ करोड लिएर यूएईका प्रधानमन्त्रीकी श्रीमतीले छाडिन देश

 असार १६, २०७६ सोमबार ८:१०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संयुक्त अरब इमिरेट्स (यूएई) का उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख महम्मद बिन राशिद अल मकतुमकी श्रीमती हया बिन्त अल हुसेनले देश छोडेकी छिन् ।  

उनी प्रधानमन्त्री मकतुमकी छैठौँ पत्नी हुन् । हयाले आफ्नो साथमा दुई बच्चा र २ अर्ब ७१ करोड (३.१ करोड पाउण्ड) लिएर गएको बताइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हया अहिले लंडनमा छिन् । उनलाई दुबईबाट बाहिर निस्कन जर्मनी दूतावासले सहयोग गरेको बताइएको छ । 

जर्मनी गएर उनले त्याहाँ राजनीतिक शरणको माग पनि गरेकी थिइन । त्यसका साथै त्यहीँबाट हयाले आफ्ना श्रीमान् मकतुमसँग सम्बन्धविच्छेदको माग पनि गरेकी थिइन् । 

हया जोर्डनका राजा अब्दुल्लाको सौतेनी बहिनी हुन् । अक्सफोर्डमा पढेकी हया २० मे पछि भने सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा देखिन छाडेकी छिन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबईका शासक मकतुमले जर्मनसँग हयालाई फिर्ता पठाउन आग्रह गरेको भए पनि जर्मन अधिकारीले त्यसलाई नकारेका थिए । 

यही कारण अहिले दुबै देशबीचको सम्बन्धमा दरार आउनसक्ने आंकलन गरिएको छ । 

यसअघि मकतुमकी छोरी राजकुमारी लतीफाले पनि देश छोडेर भाग्ने कोशिस गरेको भए पनि उनलाई भारतीय तटभन्दा टाढा समुन्द्रमा एक पानीजहाजबाट नियन्त्रणमा लिइएको थियो ।  

त्यसपछि उनी देखिएकी छैनन् । उनलाई नजरबन्द गरेर राखिएको बताइएको छ । बुवाको अत्याचारका कारण आफू देशबाट बाहिर जान खोजेको त्यसबेला लतीफाले बताएकी थिईन ।   

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया