दक्षिण कोरियामा ६५ वर्षमाथिको जनसङ्ख्या २० प्रतिशत पुगेसँगै जन...
पुस ११, २०८१ बिहिबार
दैलेख – 'प्रधानमन्त्री रोजगार कार्यक्रम' अन्तर्गत लोपोन्मुख मानिएका राउटे समुदायका सदस्यहरुले रोजगारी पाएका छन् । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका ५२ जनालाई रोजगारी दिएको हाे ।
कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउँदै आइरहेका लोपोन्मुख राउटे समुदायलाई पनि रोजगारी दिएर आर्थिकरुपमा सबल बनाउन वृक्षारोपण गर्ने काम सुम्पेको गुराँस गाउँपालिकाले बताएको छ ।
'प्रधानमन्त्री रोजगार कार्यक्रम' अन्तर्गत रोजगारी पाएका राउटेहरु वृक्षारोपणमा निकै खुशी भएका छन् । जङ्गलमै बस्ने र रुखहरु काटेर त्यसैका भाँडाकुडा बनाउने राउटेलाई यस्तो काममा लगाउँदा उनीहरुमा रुख काट्नु हुँदैन भन्ने भावना जगाउने अपेक्षा गरिएकाे छ ।
यस्तै गाउँपालिकाले लोपोन्मुख राउटे समुदायलाई बाख्रा पनि वितरण गरेको छ । गाउँपालिकाले राउटे समुदायका ४६ घरपरिवारलाई एक/एक वटा बाख्रा वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।