कुशल मल्लले डेजर्ट भाइपर्सबाट यूएईको इन्टरनेशनल लिग खेल्ने

 पुष ९, २०८१ मंगलबार १४:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका ब्याटिङ अलराउन्डर कुशल मल्लले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेशनल लिग टी–२० क्रिकेट खेल्ने भएका छन् ।

मल्ल इन्टरनेशनल लिग टी–२० क्रिकेटका लागि डेजर्ट भाइपर्समा अनुबन्ध भएका हुन् । चोटका कारण प्रतियोगिताबाट बाहिरिएका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लीडेको ठाउँमा कुशल मल्लले खेल्ने भएका हुन् ।

मल्लले भर्खरै सकिएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ८ खेलमा २ सय २७ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।

मल्ल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौं स्थानमा छन् । उनले ४७ खेलमा एक शतक, चार अर्धशतकसहित १ सय ४७ भन्दा धेरैको स्ट्राइक रेटमा ९ सय १७ रन बनाएका छन् ।

डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशल मल्ललाई टोलीमा स्वागत गर्न पाउँदा खुशी भएको टिप्पणी गरेका छन् । कुशल आबद्ध भएको डेजर्ट भाइपर्सले पहिलो खेलमा आउँदो जनवरी १२ मा अबुधाबी नाइट राइडर्ससँग खेल्ने तालिका छ ।

यस्तै नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गल्फ जायन्ट्सबाट इन्टरनेशनल लिग–टी २० क्रिकेट खेल्दैछन् ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया