अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
भक्तपुर - विभिन्न अपराधमा संलग्न रहेको आरोपमा भक्तपुरबाट दुई पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भक्तपुरको दरबार स्क्वायरमा रहेकाे स्वीट होमबाट पाकिस्तानकाे इस्लामावादका ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पूजा मोहसिन खानलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
ललितपुरका राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको काठमाण्डौ महानगरपालिका-२३, झोँछेमा रहेकाे डेभिस मेट्रो मनि एक्सचेन्जबाट अमेरिकी डलर ९ सय, साउदी रियाल ३ हजार र चिनियाँ युआन १ हजार ४ सय चोरेर फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो ।
उनीहरुले मनि एक्सचेन्जमा ५ सय साउदी रियाल अमेरिकी डलरमा साट्ने बहानामा भ्रममा पारेर उक्त विदेशी मुद्रा चोरी गरेको अभियोगमा अनुसन्धान सुरु गरेको छ ।
यसअघि उनीहरुले २०७६ वैशाख २९ गते भक्तपुर सूर्यविनायकमा रहेकाे रामकृष्ण श्रेष्ठको आरके इलेक्ट्रिक एण्ड इलेक्ट्राेनिक्स सेन्टरबाट ३० हजार रुपैयाँ, भक्तपुरकाे लोकन्थलीमा रहेकाे शन्तकृष्ण हेकाको हेका किचेन स्टोर्सबाट ७० हजार रुपैयाँ र रुपन्देहीकाे बुटवलमा रहेकाे शारदा वाग्लेको राइजिङ स्पोर्टस् ग्यालरीबाट १ लाख ५० हजार रुपैयाँ चोरी गरेको घटनामा गएकाे वैशाख ३१ गते पक्राउ परी जनही ५०–५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।