आईसीसीको पूर्ण सदस्य राष्ट्र बन्नका लागि चाहिने मापदण्डहरूअनुसा...
पुस ७, २०८१ आइतबार
धादिङ - १५ अर्बको लगानीमा दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकाको २ ताल्तिमा निर्माणधिन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योगमा आइतबार राति आएको बाढीले क्षति पुर्याएकाे छ ।
खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले क्षति पुर्याएकाे उद्याेगका सूचना अधिकारी तुलसीजंग थापाले जानकारी दिनुभयाे ।
रातिको समयमा बाढी आएकाे र बाढीमा फसेका ५ जना मजदुरलाई स्थानीय प्रहरी र ताल्तीका स्थानीयले उद्धार गरी बाहिर निकालेका छन् । दुबैतर्फ खोला बगेकोले बिच भागमा रहेको फलामका पोलहरुमा समातेर उनीहरु बचेका थिए ।
बाढीका कारण सिमेन्ट उद्योगको स्टोरमा क्षति पुगेको छ । ३ ओटा जीप र निर्माण स्थलमा प्रयोग भएको दुई वटा डोजर बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयाे ।
१५ अर्वको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले उद्याेग निर्माण सुरु गरेको ४ महिना भएको छ । उद्याेग ९ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियाे । दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्याेगकाे लक्ष्य छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।