आईसीसीको पूर्ण सदस्य राष्ट्र बन्नका लागि चाहिने मापदण्डहरूअनुसा...
पुस ७, २०८१ आइतबार
रौतहट – पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चार जना मन्त्रीहरु लिएर बाढीबाट भएको क्षतिको अवलोकन गर्न गृह जिल्ला रौतहट पुग्नु भएको छ ।
पूर्व प्रधानमन्त्री नेपालको साथमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, संसदको विकास समिति सभापति कल्याणी खड्का, नेकपा नेता तथा संघीय सांसद प्रभु साह, राजपा अध्यक्ष मण्डलका अध्यक्ष अनिल कुमार झा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, लगायतको टोली बाढीले पुर्याएको क्षति र राहत तथा उद्धार कार्यको अवलोकन गर्न रौतहट पुगेको हो ।
सेनाको हेलिकोप्टरबाट बिहान रौतहट पुग्नुभएका गृहमन्त्री थापाले राहत राम्रोसँग वितरण पालिका प्रमुख तथा कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले अरु राहत चाहिए पनि आउने आश्वासन समेत दिनुभएको छ ।
टोलीमा रहेका पूर्वप्रधानमन्त्री नेपालले बाढी र डुबानको दीर्घकालीन समाधानका लागि सरकारले ठोस योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता बिमलेन्द्र निधिसहितको टोली पनि रौतहटमा पुगेको छ ।
बाढी र डुबानबाट प्रभावित रौतहटका नागरिकले खाना र बासको व्यवस्था सहज नभएको गुनासो गरेका छन् । मन्त्री र नेताको टोली खालि हात आएर आश्वासन मात्रै दिएर फर्केको बाढी पीडितले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।