भोजपुरमा पहिरोबाट एक सयभन्दा बढी घर परिवार विस्थापित

 साउन ४, २०७६ शनिबार १५:९:५७ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भाेजपुरमा पहिरोबाट १ सय घर-परिवार विस्थापित भएका छन् ।

गएकाे हप्ता परेको लगातारको वर्षाका कारण पहिरोले घर जाखिममा परेपछि ती घर परिवार विस्थापित भएको विपद व्यवस्थापन समितिले जनाएको छ । विस्थापित भएकाहरु पाल तथा छिमेकीको घरमा रात काट्न बाध्य छन् ।

भोजपुर नगरपालिकाका १४ घर परिवार, ट्याम्केमैयुङ्ग गाउँपालिकाका २६, पौवादुङ्मा गाउँपालिकाका २, आम्चोक गाउँपालिकाका ४४, रामप्रसादराई गाउँपालिकाका ९, अरुण गाउँपालिकाका १, हतुवागढी गाउँपालिकाका ३ र साल्पासिलिछो गाउँपालिकाका १२ घर परिवार विस्थापित भएका हुन् । त्यस्तै जिल्लाका विभिन्न पालिकामा १६ घर पूर्ण रुपमा क्षति भएका छन् भने ५८ घरमा आंशिक क्षति पुगेको विपद व्यवस्थापन समितिलका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ्ग गाउँपालिकामा १ गरी जम्मा ५ जनाको ज्यान गएको छ भने ३ जना घाइते छन् । पालिकाहरुलाई आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी पठाउन पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो । क्षतिकाे विवरण आउने क्रम अझै जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

मृतकका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ दिने नेपाल सरकारले घोषणा गरेको छ । घाइतेलाई राज्यले नि:शुल्क औषधोपचारको व्यवस्था गरेको छ । त्यस्तै घर पूर्ण क्षति भएकालाई १० हजार र आंशिक क्षति भएकालाई ५ हजार रुपैयाँ राहतस्वरुप दिइने भएकाे छ ।

बाढी पहिरोको जोखिममा परेर बस्नै नसक्ने अवस्था हुँदा अथवा अर्को घर बनाउनुपर्ने बाध्यता भएमा विशेष निर्णय गर्न सकिने कानुनी प्रावधान रहेकोमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयाे। 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया