संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पायो

 असार २५, २०७५ सोमबार १४:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएको छ । 

सोमबारको प्रतिनिधिसभाको बैठकमा समितिमा मनोनयन हुने सदस्यहरुको नामावली अनुमोदन गरेसँगै समितिले पूर्णता पाएको हो । समितिमा नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु अमृता थापा, निरूदेवी पाल, पार्वत गुरूङ, पूर्णकुमारी सुवेदी, योगेशकुमार भट्टराई, शिवकुमार मण्डल केबट, सुरेन्द्रप्रसाद पाण्डे रहनु भएको छ । 

यस्तै कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, भिमसेनदास प्रधान र पुष्पा भुषाल गौतम रहनु भएको छ । राष्ट्रिय जनता पार्टी राजपाका लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ पनि संसदीय सुनुवाइ विषेश समितिको सदस्यमा मनोनयन हुनु भएको छ । 

राष्ट्रियसभाबाट यसअघि नै नेकपाका सुमन प्याकुरेल र नन्दा चपाइँ तथा कांग्रेसका जितेन्द्र नारायण देव समितिमा मनोनित भइसक्नु भएको थियो । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया