आईसीसीको पूर्ण सदस्य राष्ट्र बन्नका लागि चाहिने मापदण्डहरूअनुसा...
पुस ७, २०८१ आइतबार
रौतहट - बाढी आएको दुई साता बितिसक्दा पनि राहत नपाएपछि आक्रोशित बनेका बाढी प्रभावितले शुक्रबार राजदेवी नगरपालिकाको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् ।
दुई साताअघि आएको विनाशकारी बाढीबाट घरबारविहीन भई पालमा बसेर गुजारा गर्दै आएका पीडितहरु भोकै बस्नु पर्दा पनि राजदेवी नगरपालिकाबाट राहत वितरण नभएपछि बाढीबाट प्रभावित भएका ९ वटै वडाका झण्डै एक हजार बासिन्दाले आक्रोशित बन्दै नगरपालिकाको कार्यालय घेराउ गर्दै प्रर्दशन गरेका हुन् ।
असार २७ र २८ गते आएको बाढीले घर भत्किँदा भएभरका अन्न र लत्ताकपडासहित बहुमूल्य सामग्रीहरु नष्ट हुँदा पनि निर्वाचित भएका जनप्रतिनिधिले आफूहरुको पीडा नबुझेकोमा आक्रोशित बन्दै पीडितहरुले शुक्रबार नगरपालिकाको कार्यालय घेराउ गर्न बाध्य भएको नेकपाका नेता भिखारी रायले बताउनुभयाे ।
बाग्मती नदीमा आएको बाढीबाट राजदेवी नगरपालिकाका विभिन्न वडाहरु नराम्ररी प्रभावित भए पनि जनप्रतिनिधिले वास्ता नगर्दा स्थानीयले बाध्य भएर कार्यालय घेर्नु परेकाे उहाँले बताउनुभयाे ।
बाढी गएकाे दुई साता बित्दा पनि मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहितका कुनै पनि पदाधिकारीले आफूहरुको समस्याप्रति कुनै चासो नदिएको कर्वानाको उषादेवी रामले गुनासाे गर्नुभयाे ।
'घरमा बस्ने अवस्था छैन, खान अन्नको छटाक छैन, जिउमा लगाउने कपडा छैन, गाउँमा कसैले दिएको भरमा बालबालिकालाई खुवाएर अहिले सम्म बाँचेको छु, तर नगरपालिकाबाट कुनै बन्दोबस्तीको सामानहरु पाउन सकिएन । अब कसरी बाँच्नु ?', उषादेवीले गुनासाे गर्नुभयाे ।
त्यस्तै शैलकुमारी पासवानले राहत लिन पनि मेयरको मान्छे हुनुपर्ने हाे कि के हाे भन्दै दुखेसो पोख्नुभयाे । आफूलाई भोट दिए नदिएको छुट्टयाउँदै मेयरले भेदभाव समेत गरेका उहाँको आरोप छ ।
राजदेवीको बाढीपीडित नागरिकले आफूहरुलाई भत्किएका घरहरु मर्मत गर्न र भोक मेटाउन खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक सामग्रीहरुको अभाव रहेको गुनासो गरे ।
राजदेवी नगरपालिकाकी उपमेयर अंशु सिंहले बाढीपीडितहरु आन्दोलित हुन थाल्दा निकै सम्झाइबुझाइ गरेर एक साताभित्र समस्या समाधान गर्ने आश्वासन दिएपछि फर्किएको जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।