यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
माघ २०, २०८१ आइतबार
काठमाडौं – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सर्वसत्तावादको उन्मादमा सरकार जिम्बाब्वेका नेता रोबर्ट मुगाबेको पथमा अघि बढेको भन्दै पतनाेन्मुख बाटो नरोज्न गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक र डाक्टर गोविन्द केसीको अनसनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उहाँलेवर्तमान सरकार रोबर्ट मुगाबेको बाटोमा हिँडेको दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो ‘सत्ताको आडमा वैधानिक दमनका सबै यन्त्र परिचालन गर्नु सुविधामा रहेको सत्ताको उन्मादको बाटो हो । प्रधानमन्त्रीज्यू विपक्षीलाई मान्दिन, केसीसँगको सम्झौता मान्दिन, आम नागरिकको विरोधका सामु झुक्दिनँ भन्ने सत्ता उन्मादको बाटो हो । त्यो बाटो रोबर्ट मुगाबेको बाटो हो । एउटा स्वतन्त्र सेनानीका लागि स्खलनको बाटो हो, प्रधानमन्त्रीज्यू त्यो बाटो नरोज्नुहोस् ।”
डाक्टर केसीलाई, कुलप्रसाद कोइरालालाई , पत्रकारलाई दमन गर्दा, न्यायालयलाई धम्क्याउँदा, प्रतिपक्षीमाथि ज्यादती गर्दा आम नागरिक विरोधमा जाग्ने भन्दै उहाँले सर्वसत्तावाद उन्मुख नहुन उहाँले प्रधानमन्त्रीलाई सचेत गराउनुभयो ।
ज्ञानेन्द्र सरकारको पालामा वर्तमान सरकारका परराष्ट्रमन्त्री र आफूलाई विमानस्थलबाट अवैधानिक तरिकाले फिर्ता गरेको स्मरण गर्दे उहाँले संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काउँदा पुनः ज्ञानेन्द्र सरकारको सर्वसत्तावादको झल्को दिलाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ओली सरकारले कुलप्रसाद कोइरालालाई फर्काउँदा त्यो बाटो के बाटो भयो ? तपाईँको लोकतान्त्रिक चरित्रको अनुपम उदाहरण भयो ?’
चिकित्सा शिक्षामा रहेको बेथीति, अराजकता अन्त्य गर्न माथेमा आयोग र डाक्टर केसीको माग अनुसारको अध्यादेश तुहाइएको भन्दै उहाँले त्यो कांग्रेसलाई अस्वीकार्य रहेको बताउनुभयो । तत्काल ४ र त्यसपछि अरु आसेपासेलाई पोस्नका लागि ‘क्रोनिक क्यापिटालिजम’को अवधारणा अनुरुप सरकारले विधेयक पेस गरेको भन्दै त्यो फिर्ता गर्र्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान प्रदत्त अधिकारलाई जोखिममा पारिँदै छ यसमा हाम्रो घोर आपत्ति छ ।’
डाक्टर केसीले रोजेको सत्याग्रहको बाटो लोकतान्त्रिक विरोधको बाटो भएको भन्दै उहाँले त्यसलाई गृहमन्त्रीले अधिनायकवादी बाटो भनेर संविधानको अपमान र अपव्याख्या गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘डा. केसीको अहिंसात्मक बाटोलाई गृहमन्त्रीले अधिनायकवादी बाटो भन्नु भएको छ, संविधानसभा मार्फत शान्ति लोकतन्त्र र मौलिक हकहरु संस्थागत गर्ने संविधान बनिसकेको छ, सायद संविधान बनाउने सफल संविधानसभाको निर्वाचन बहिष्कार गर्ने गृहमन्त्रीलाई थाहा भएन होला यो । त्यसैले सशस्त्र द्धन्दको दिक्षामा रहनुभएका गृहमन्त्रीले गोविन्द केसीले रोजेको बाटोलाई अधिनायकवादी बाटो भन्नुभयो । त्यो लोकतान्त्रिक बाटो हो । गृहमन्त्रीज्यू तपाईँलाई हेक्का रहोस् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रविण अर्याल
July 10, 2018, 7:15 a.m.रोबर्ट मुगाबेको छोटो पृष्ठभूमी पनि अलिक राम्रो सँग ब्याख्या गरिदिएको भए अझ राम्रो सँग बुझिने थियो अभिव्यक्ति..... यस्तो खालको समाचारमा उदृत व्याक्तित्वको विश्लेषणले भनार्इहरू बुझ्न सजिलो बनार्इदिन्छ।