यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
माघ २०, २०८१ आइतबार
काठमाडौं – निषेधित क्षेत्र तोडेको आरोपमा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्ण पहाडीसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारले निषेधित क्षेत्र तोकेको विरोधमा प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको धर्ना कार्यक्रमबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
धर्ना प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, ललितपुरा शाखा सभापति चन्द्रमणि बञ्जारा, विभागीय संयोजकहरु प्रताप पौडेल, जयराम पुडासैनी, बाबुराम न्यौपाने, जगन्नाथ पुडासैनी, विपी पौडेल सदस्यहरु सनत आचार्य, रामचन्द्र खतिवडा, रेजिना राई, सुकदेव अधिकारी, ईश्वर पुडासैनी, भगवान पुडासैनी, गोकुल पुडासैनी, सुरजकुमार बोहरा, टंकप्रसाद गैरे, मुरारी प्रसाद फुँयाल, ईश्वरीप्रसाद नेपाल सहित २५ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।
धर्नामा ‘स्वतन्त्रता विरोधी निर्णय खारेज गर’, ‘स्वेच्छाचारी गतिविधि बन्द गर’, ‘शिक्षामा माफिया चलखेल अन्त्य गर’, ‘स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर’, ‘सत्याग्रहीको जीवन रक्षा गर’, ‘अपराधीलाई संरक्षण बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।