निजी क्षेत्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनैपर्ने
मंसिर ११, २०८१ मंगलबार
भोजपुर– बस दुर्घटनामा परेर घाइते भएका तीन जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका झापा हल्दीबारी गाउँपालिका–५ का ३० वर्षीय सहचालक अर्जुन लिम्बु, मोरङ रतुवामाई नगरपालिका–७ की २१ वर्षीया सविना गौतम भट्टराई र भोजपुर नगरपालिका– ९ की २४ वर्षीय मनिषा श्रेष्ठलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बाँकी पाँच जनाको भने जिल्ला अस्पताल भोजपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा भोजपुर नगरपालिका–३ की २२ वर्षीया संगिता प्रधान, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय बालक विवेक श्रेष्ठको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान भोजपुरको अन्नपूर्णबाट विराटनगरको लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस मध्यपहाडी लोकमार्ग अन्तरगत गुप्तेश्वर र सिद्धेश्वरको सिमानामा पर्ने चप्पिरे खोलानजिकै घुम्ती काट्ने क्रममा बस भित्तामा ठोक्किँदा अनियन्त्रित भएर पल्टिएको थियो ।
बसमा रहेका १२ जनामध्ये १० जना घाइते भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।