ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा

 भदौ ३०, २०७६ सोमबार ८:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रहरीलाई अभद्र ब्यवहार गरेको अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ । शाहीलाई आइतबार साँझ ललितपुर प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।

यसअघि आइतबार नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि दुर्व्यवहारबारे जानकारी दिन पुल्चोकमा भएको पत्रकार सम्मेलनमा शाहीमाथि हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । एकछिन नियन्त्रणमा लिएर छोडेको प्रहरीले राति फेरि समातेर हिरासतमा राखेको हो ।

प्रहरीले नियन्त्रणमा लिएको बेलामा प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार उनलाई पक्राउ पूर्जी जारी गरेर हिरासतमा राखिएको हो ।

शाहीलगायतले शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट विमान उड्न ढिलो भएको भन्दै विमानभित्रै अभद्र व्यवहार गरेका थिए ।

मन्त्री भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरणसहित यात्रुलाई पर्न गएको असुविधाप्रति माफी माग्नुभएको छ । नेपालगञ्ज विमानस्थलले उडान १५ मिनेट मात्रै ढिलो भएको जनाएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया